Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

माघ महिनामा बैंकहरुमा थपियो २५ अर्ब निक्षेप

२०७९ फाल्गुन ४ गते

बैंकिङ खबर/माघ महिनामा वाणिज्य बैंकहरुमा जम्मा २५ अर्ब रुपैयाँ निक्षेप थप भएको छ । नेपाल बैंकर्स एसोसिएसनले सार्वजनिक गरेको तथ्यांकअनुसार पुस मसान्तसम्म यी बैंकमा कुल ४७ खर्ब १६ अर्ब रुपैयाँ निक्षेप रहेकोमा माघ मसान्तसम्म ४७ अर्ब ४१ अर्ब रुपैयाँ पुगेको छ । पुस महिनामा ९५ अर्ब रुपैयाँ निक्षेप थपिएको थियो ।

पुसको तुलनामा माघ महिनामा निक्षेपको वृद्धिमा केही संकुचन देखिएको छ । त्यस्तै सो महिनामा कर्जा प्रवाह जम्मा १२ अर्ब बढेको छ । पुस मसान्तसम्म कुल ४२ खर्ब ७८ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा माघ मसान्तसम्म ४२ खर्ब ९० अर्ब पुगेको छ । पुस महिनामा ५४ अर्ब कर्जा बढेको थियो । बैंकहरुको कर्जा निक्षेप अनुपात हाल ८६ प्रतिशत छ ।