Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

फागुनमा वाणिज्य बैंकहरुको ब्याजदर स्थिर, विकास बैंकहरुले भने घटाए

२०७९ माघ २९ गते

बैंकिङ खबर/ फागुन महिनामा वाणिज्य बैंकहरुको ब्याजदर स्थिर रहने भएको छ भने विकास बैंकहरुले भने घटाएका छन् । माघ महिनामा अधिकतममा ११ प्रतिशत ब्याज दिँदै आएका वाणिज्य बैंकहरुले फागुन महिनामा पनि त्यसैलाई निरन्तरता दिएका हुन्।

बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपमा ११ प्रतिशत ब्याज दिने भएका हुन्। मंसिर महिनादेखि व्यक्तिगत मुद्दति निक्षेपमा १२.१३ प्रतिशत ब्याज प्रदान गरिरहेका वाणिज्य बैंकहरुले माघमा ब्याजदर घटाएर ११ प्रतिशतमा झरेका थिए।

वाणिज्य बैंकहरुले स्थिर राखेपनि विकास बैंक तथा फाइनान्स कम्पनीहरुले भने ब्याजदर घटाएका छन्। विकास बैंकहरुले गत शुक्रबारको बैठक अनुसार निक्षेपको ब्याजदर ०.२५ प्रतिशतविन्दु घटाएका हुन्।

माघ महिनासम्म व्यक्तिगत मुद्दति निक्षेपमा १२ प्रतिशत ब्याज दिँदै आएका विकास बैंकहरुले अब अधिकतममा ११.७५ प्रतिशत ब्याज दिने भएका छन्। त्यसैगरी, अधिकांश फाइनान्सहरुले अधिकतममा १२.२० प्रतिशत ब्याज दिने भएका छन् भने केहीले १२.५० प्रतिशतसम्म ब्याज दिने सूचना प्रकाशित गरेका छन् ।