Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

अब बैंकले ऋण असुलीको सूचनामा ऋणीको फोटो छाप्न नपाउने

२०७९ माघ २६ गते

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले कर्जा असुलीको सूचना प्रकाशित गर्दा ऋणीको फोटो प्रकाशित गर्न नपाइने व्यवस्था गरेको छ । बिहीबार बैंक तथा वित्तीय संस्थाहरुका लागि जारी गरिएको एकीकृत निर्देशन २०७८ मा संशोधन गर्दै उक्त व्यवस्था गरेको हो ।
एक वर्ष भन्दा बढी अवधिका लागि प्रवाह भएको कर्जा असुलीमा सार्वजनिक सूचना तथा धितो लिलामीको कारबाही सुरु गर्नु अघि कर्जाले भाखा नाघेको कम्तीमा ६ महिना व्यतित भई शंकास्पद वर्गमा वर्गीकरण भएको हुनु पर्ने व्यवस्था रहेको थियो ।
त्यसमा केन्द्रीय बैंकले कर्जा असुलीका लागि सार्वजनिक सूचना प्रकाशित गर्दा प्राकृतिक व्यक्तिको तस्वीर प्रकाशन गर्न नपाइने व्यवस्था गरेको छ । ‘कर्जा असुलीका लागि सार्वजनिक सूचना प्रकाशित गर्दा प्राकृतिक व्यक्तिको तस्वीर प्रकाशन गर्न पाइने छैन’ राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशिकामा भनिएको छ ।