Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

फागुनमा ब्याजदर स्थिर रहने

२०७९ माघ २६ गते

बैंकिङ खबर/वाणिज्य बैंकहरुले फागुनमा ब्याजदर स्थिर राख्ने भएका छन्। वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स एसोसिएसन (एनबीए)को बिहीबार बसेको बैठकले फागुनमा ब्याजदर स्थिर राख्ने निर्णय गरेको हो।

बैठकले माघमा कायम निक्षेपको ब्याजदरलाई नै फागुनमा पनि निरन्तरता दिने निर्णय भएको बताइएको छ । अहिलेको अवस्थामा निक्षेपको ब्याजदर घटाउनुपर्ने नदेखिएकोले स्थिर राख्ने बैंकहरुबीच सहमति भएको एनबीएका एक अधिकारीको भनाइ छ।

एनबीएले यो माघ महिनामा व्यक्तिगततर्फ मुद्दति निक्षेपको पुसमा कायम ब्याजदरलाई ९.३३८ प्रतिशतले घटाउने निर्णय गरेको थियो। जसअनुसार माघमा व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर ११ प्रतिशत, रेमिट खाताको चाहिँ १२ प्रतिशत र ३ महिना वा सोभन्दा बढी अवधिको संस्थागत मुद्दति निक्षेपको ब्याजदर ९ प्रतिशत कायम गरिएको छ । बैठकमा एनबीए कार्यसमिति सदस्य र बैंकका प्रमुख कार्यकारी अधिकृतहरु सहभागी थिए।