Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

रेमिट्यान्स कम्पनीहरुले महिना सकिएको ७ दिनभित्र विवरण राष्ट्र बैंकमा पठाउनुपर्ने

२०७९ माघ २५ गते

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले रेमिट्यान्स कम्पनीहरुलाई विवरणहरु तोकिएको ढाँचा र समयमा उपलब्ध गराउन निर्देशन दिएको छ। राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले आज सूचना प्रकाशित गर्दै यस्तो निर्देशन दिएको हो।

केन्द्रीय बैंकले माघ १३ मा नेपाल राष्ट्र बैंक विप्रेषण विनियमावली, २०७९ को विनियम ३३ मा भएको व्यवस्थाबमोजिम विवरणहरु महिना सकिएको सात दिनभित्र तोकिएको ढाँचा र समयमा उपलब्ध गराउन निर्देशन दिएको छ। त्यसका लागि राष्ट्र बैंकले रेमिट्यान्स कम्पनीहरुले विदेशी विनिमय व्यवस्थापन विभागमा पेस गर्नुपर्ने फारममा हुने विवरण, विवरण पठाउने माध्यम, विवरण पठाउनुपर्ने फ्रिक्वेन्सी र विवरण पठाउनुपर्ने म्याद तोकेको छ।