
बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० को ६ महिनाको तथ्यांक सार्वजनिक गरेको छ । तथ्यांक अनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ७.२६ प्रतिशत रहेको छ ।
आयात २०.७ प्रतिशतले, निर्यात ३२.० प्रतिशतलेर कुल वस्तु व्यापार घाटा १९.२ प्रतिशतले घटेको छ । विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २४.३ प्रतिशतले र अमेरिकी डलरमा १३.९ प्रतिशतले बढेको छ । शोधनान्तर स्थिति रु.९७ अर्ब १० करोडलेबचतमा रहेको छ ।
कुल विदेशी विनिमय सञ्चिति रु.१३३७ अर्ब २९ करोड र अमेरिकी डलरमा १० अर्ब ३० करोड रहेको छ । संघीय सरकारको खर्च रु.५७६ अर्ब३५ करोड र राजस्व परिचालन रु.४५८ अर्ब ९९ करोड रहेको छ ।
विस्तृत मुद्राप्रदाय ३.६ प्रतिशतले बढेकोछ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय ७.७ प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ४.२ प्रतिशतले बढेकोछ र निजी क्षेत्रमा प्रवाहित कर्जा ३.० प्रतिशतले बढेकोछ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर ९.४ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ४.० प्रतिशत रहेको छ ।



