Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

७ अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक

२०७९ माघ २३ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले ५ वर्षे विकास ऋणपत्र २०८४ ‘ञ’ बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले सरकारको ७ अर्ब रुपैयाँको ५ वर्ष अवधि रहेको विकास ऋणपत्र २०८४ ‘ञ’ बोलकबोल मार्फत् बिक्री गर्ने भएको हो ।

उक्त ऋणपत्र माघ २४ गते बोलकबोल गर्ने र माघ २५ गते निष्काशन गर्नेछ । उक्त ऋणपत्र खरिदका लागि बोलकबोल पेश गर्न आग्रह गरेको हो ।

उक्त ऋणपत्रमा बैंक तथा वित्तीय संस्था, गैर–बैंकिङ्ग वित्तीय संस्था, बीमा कम्पनी र सर्वसाधारण नेपाली नागरिकले आवेदन दिन सक्नेछन् ।