२०७३ कार्तिक ४ गते

१ बराबर ०.२५ को अनुपातमा हकप्रद निष्काशन गर्दै सिनर्जी फाइनान्स

synergyसिनर्जी फाइनान्सले १ बराबर ०.२५ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । उक्त हकप्रद सेयर नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामी साधारणभाले पारित गरेपछि निष्काशन गरिने छ । कम्पनीको आगामी साधारणसभा मंसिर ५ गते बस्दैछ । 

कम्पनीले नेपाल राष्ट्र बैंकको निर्देशनअनुरुप पुँजी बढाउनका लागि हकप्रद सेयर निष्काशन गर्न लागेको हो । हाल सिनर्जीको चुक्ता पूँजी ४७ करोड ४४ लाख रुपैयाँ रहेको छ ।