Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाः सुझाव पठाउने अन्तिम दिन

२०७९ माघ २० गते

बैंकिङ खबर/ चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाका लागि राय–सुझाव पठाउने आज माघ २० गते अन्तिम दिन रहेको छ।

नेपाल राष्ट्र बैंकले गत माघ ९ गते एक सूचना प्रकाशित गरी सरोकारवाला निकायहरुलाई मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाका लागि राय–सुझाव माग गरेको थियो। राय–सुझाव आज माघ २० गतेसम्म उपलब्ध गराउन सक्ने राष्ट्र बैंकले जनाएको छ।

केन्द्रीय बैंकका अनुसार मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाका लागि राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागको ई–मेल monetarypolicy@nrb.org.np मा राय–सुझाव पठाउन सकिन्छ। राष्ट्र बैंकमा हालसम्म पुँजीबजारबाट विभिन्न लगानीकर्ता संघसंगठन, बैंकर र उद्योगी–व्यवसायीहरुले सुझा पठाइसकेका छन्।