Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

नेपालमै सिक्का छाप्ने तयारीमा राष्ट्र बैंक, सम्भाव्यता अध्ययन गरिँदै

२०७९ माघ १८ गते

बैंकिङ खबर/ नेपालमै सिक्का छाप्ने तयारी गरिएको छ । नेपाल राष्ट्र बैंकले १ र २ दरका सिक्का छाप्ने आन्तरिक तयारी थालेको हो । विषयका लागि छलफल गर्न केन्द्रीय बैंकले सोमबार छलफल समेत गरेको थियो । सो छलफलबाट नेपालमै सिक्का छाप्न सम्भाव्यता अध्ययन गर्ने र यसका लागि कमिटी गठन गर्ने विषय अघि बढेको छ ।

राष्ट्र  बैंकले २०६६ सालदेखि १, २, २५ र २५० दरका नोट छपाई बन्द गरेर १ र २ दरका सिक्का प्रचलनमा ल्याउने निर्णय गरेको थियो । उक्त निर्णय अनुसार हालसम्म २ पटक विदेशमा सिक्का छापेर नेपाल ल्याइसकिएको छ । यस अवधिमा विदेशबाट १ दरका ८२ करोड थान र २ दरका ३२ करोड थान सिक्का छापिएको छ ।

केन्द्रीय बैंकले ४ प्रकारका नोट प्रतिबन्ध लगाएर त्यसको सट्टामा १ र २ मूल्यका सिक्का २०६६ सालमै छापेर ल्याएको थियो । उक्त मितिमा केन्द्रीय बैंकले १ दरका ५२ करोड थान र २ दरका २२ करोड थान सिक्का छपाएको थियो । २०६६ सालमा छपाइएपछि २०७८ सालमा पुनः १ दरका ३० करोड र २ दरका १० करोड थान सिक्का छपाइएको छ ।

विदेशमा सिक्का छापेर नेपाल ल्याउने गरे पनि त्यसको सहज परिचालन नहुँदा समस्या परेपछि केन्द्रीय बैंकले नेपालमै सिक्का छपाइको सम्भाव्यता अध्ययन अघि बढाएको हो ।

केन्द्रीय बैंकको टक्सार महाशाखाका निर्देशक सत्यान्द्रराज सुवेदीका अनुसार नेपालमा सिक्का छपाइबारे अध्ययन अघि बढाउन छलफल सुरु भएको छ । हाल विदेशमा १ दरका सिक्का छाप्दा १.५० रुपैयाँ र २ दरका सिक्का छाप्दा २ रुपैयाँ आसपास खर्च लाग्ने गर्छ । विदेशबाट छापेर नेपाल ल्याउँदा भन्दा नेपालमै छाप्दा सस्तो वा आर्थिक रूपमा सम्भावना भेटिएमा नेपालमै छपाई सुरु हुने केन्द्रीय बैंकले जनाएको छ । हाल विदेशमा १ दरका सिक्का छाप्दा १.५० रुपैयाँ र २ दरका सिक्का छाप्दा २ रुपैयाँ आसपास खर्च लाग्ने गर्छ ।