२०७३ कार्तिक ३ गते

ङादी ग्रुप पावरका सेयरधनीलाई ३० प्रतिशत हकप्रद सेयर 

rights-issueङादी ग्रुप पावर लिमिटेडले आफ्ना सेयरधनीलाई ३० प्रतिशत अर्थात १० बराबर ३ को अनुपातमा हकप्रद शेयर दिने भएको छ । उक्त हकप्रद र कर प्रयोजनका लागि ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्नका लागि कम्पनीले कात्तिक २९ गते तेस्रो साधारणसभा बोलाएको छ । साधारणसभा प्रयोजनका लागि कम्पनीले कात्तिक ११ गते बुक क्लोज मिति तोकेको छ । 

कम्पनीको उक्त साधारणसभाले सर्वसाधारण लगानीकर्ताबाट २ जनालाई कम्पनीको सञ्चालक समितिमा नियुक्त समेत गर्ने भएको छ ।