
बैंकिङ खबर/ पछिल्लो समय वाणिज्य बैंकहरुको खराब कर्जा बढ्दै गएको पाइएको छ । गत वर्षको तुलनामा यस वर्ष वाणिज्य बैंकहरुको खराब कर्जा बढ्दै गएको हो ।
अघिल्लो आव र चालू आवको ६ महिनाको बैंकहरुको खराब कर्जालाई हेर्दा नबिल बैंकको २०७८ पुसमा १.११ प्रतिशत रहेकोमा यो बढेर २०७९ पुससम्म आइपुग्दा २.९८ प्रतिशत पुगेको छ ।
यस्तै एनआइसी एशिया बैंकको २०७८ पुसमा ०.७४ प्रतिशत रहेकोमा यो बढेर २०७९ पुससम्म आइपुग्दा ०.६१ प्रतिशत पुगेको छ ।
ग्लोबल आइएमई २०७८ पुसमा १.१३ प्रतिशत रहेकोमा यो बढेर २०७९ पुससम्म आइपुग्दा २.९२ प्रतिशत पुगेको छ । एनएमबि बैंकको २०७८ पुसमा १.४९ प्रतिशत रहेकोमा यो बढेर २०७९ पुससम्म आइपुग्दा २.२४ प्रतिशत पुगेको छ ।
स्ट्यान्डर्ड चार्टर्ड एनएमबि बैंकको २०७८ पुसमा ०.४४ प्रतिशत रहेकोमा यो बढेर २०७९ पुससम्म आइपुग्दा ०.७२ प्रतिशत पुगेको छ ।
प्राइम बैंकको २०७८ पुसमा ०.७८ प्रतिशत रहेकोमा यो बढेर २०७९ पुससम्म आइपुग्दा २.८१ प्रतिशत पुगेको छ । एभरेष्ट बैंकको २०७८ पुसमा ०.२६ प्रतिशत रहेकोमा यो बढेर २०७९ पुससम्म आइपुग्दा ०.५५ प्रतिशत पुगेको छ ।
सानिमा बैंकको २०७८ पुसमा ०.३१ प्रतिशत रहेकोमा यो बढेर २०७९ पुससम्म आइपुग्दा ०.७७ प्रतिशत पुगेको छ । प्रभु बैंकको २०७८ पुसमा १.२३ प्रतिशत रहेकोमा यो बढेर २०७९ पुससम्म आइपुग्दा १.९८ प्रतिशत पुगेको छ ।
एसबिआई बैंकको २०७८ पुसमा ०.१४ प्रतिशत रहेकोमा यो बढेर २०७९ पुससम्म आइपुग्दा ०.४७ प्रतिशत पुगेको छ । नेपाल बैंकको २०७८ पुसमा १.९१ प्रतिशत रहेकोमा यो बढेर २०७९ पुससम्म आइपुग्दा ३.११ प्रतिशत पुगेको छ ।
सिद्धार्थ बैंकको २०७८ पुसमा ०.३७ प्रतिशत रहेकोमा यो बढेर २०७९ पुससम्म आइपुग्दा २.८७ प्रतिशत पुगेको छ । लक्ष्मी बैंकको २०७८ पुसमा ०.८३ प्रतिशत रहेकोमा यो बढेर २०७९ पुससम्म आइपुग्दा १.५६ प्रतिशत पुगेको छ ।
माछापुच्छ्रे बैंकको २०७८ पुसमा ०.५७ प्रतिशत रहेकोमा यो बढेर २०७९ पुससम्म आइपुग्दा १.४१ प्रतिशत पुगेको छ । कुमारी बैंकको २०७८ पुसमा १.०६ प्रतिशत रहेकोमा यो बढेर २०७९ पुससम्म आइपुग्दा ३.१५ प्रतिशत पुगेको छ ।
हिमालयन बैंकको २०७८ पुसमा ०.७२ प्रतिशत रहेकोमा यो बढेर २०७९ पुससम्म आइपुग्दा ३.८८ प्रतिशत पुगेको छ । सन्राइज बैंकको २०७८ पुसमा १.४१ प्रतिशत रहेकोमा यो बढेर २०७९ पुससम्म आइपुग्दा ३.३६ प्रतिशत पुगेको छ ।
सिभिल बैंकको २०७८ पुसमा ०.९४ प्रतिशत रहेकोमा यो बढेर २०७९ पुससम्म आइपुग्दा २.४१ प्रतिशत पुगेको छ ।
कृषि विकास बैंकको २०७८ पुसमा २.०८ प्रतिशत रहेकोमा यो बढेर २०७९ पुससम्म आइपुग्दा ४.५२ प्रतिशत पुगेको छ । राष्ट्रिय वाणिज्य बैंकको २०७८ पुसमा ३.०६ प्रतिशत रहेकोमा यो बढेर २०७९ पुससम्म आइपुग्दा २.७९ प्रतिशत पुगेको छ ।
यसरी खराब कर्जा बढिरहँदा कर्जा उठाउन सकस परेको बैंकरहरूले गुनासो गर्न थालेका छन् । मंगलबार नेपाल बैंकर्स संघले आयोजना गरेको अन्तक्र्रियामा बैंकका प्रमुख कार्यकारी अधिकृतहरूले खराब कर्जा बढ्दै जाँदा बैंकको आम्दानी घट्न थालेको बताए ।
नेपाल बैंकर्स संघका अध्यक्ष सुनील केसीले ६ महिनाको वित्तीय विवरणअनुसार बैंकहरूको नाफा खस्किएको बताए । कृषि विकास बैंक घाटामा गएको उल्लेख गर्दै उनले पहिलोपटक वाणिज्य बैंक नोक्सानमा गएको बताए ।
चालू आर्थिक वर्षको ६ महिनामा वित्तीय विवरण प्रकाशित गरेका वाणिज्य बैंकरूमध्ये कृषि विकास बैंक १२ करोड रुपैयाँ नोक्सानमा गएको छ । यस बैंकको खराब कर्जासमेत बढेर ४.८ प्रतिशत पुगेको छ ।
नेपाल इन्भेष्टमेन्ट बैंक (एनआइबिएल)बाहेक सबै वाणिज्य बैंकहरूको ६ महिनाको प्रतिवेदन सार्वजनिक भइसकेको छ । अधिकांश बैंकहरूको नाफामा गिरावट आएको उनले बताए ।
४२ खर्ब ७८ अर्ब रुपैयाँ कर्जा लगानी गरेका बैंकहरूको खराब कर्जा औसतमा २.२९ प्रतिशत पुगेको छ । अर्थात्, ९७ अर्ब ९६ करोड रुपैयाँबराबरको कर्जाको साँवा र किस्ता तीन महिनादेखि नउठेर खराब भएको हो । गत आर्थिक वर्षको पुस मसान्तसम्म बैंकहरूको औषत निष्क्रिय कर्जा १.०६ प्रतिशत थियो ।
वाणिज्य बैंकहरूको नाफा गत चार आर्थिक वर्षकोभन्दा कम देखिएको छ । आर्थिक वर्ष ०७५/७६ मा ३० अर्ब ८१ करोड नाफा रुपैयाँ कमाएका बैंकहरूको चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा नाफा ३० अर्ब १९ करोड रुपैयाँमा सीमित छ ।
अघिल्लो आर्थिक वर्ष ०७८÷७९ मा भने बैंकहरूको नाफा ३४ अर्ब २१ करोड थियो ।
बैंकहरूको सेयरमा प्रतिफल (आरओई)समेत आर्थिक वर्ष ०६९/७० मा २४.४२ प्रतिशतसम्म रहेकोमा हाल ११.७३ प्रतिशतमा सीमित भएको छ ।
आगामी वैशाखमा कर्जा र निक्षेपको ब्याजअन्तर ४.२ प्रतिशत कायम गर्नुपर्ने भएकाले पनि त्यसअनुसार व्यवस्थापन गर्दा ब्याजदर नबढ्ने हुन सक्ने बैंकरहरूको भनाइ छ ।




