
बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले ९१ दिनको ट्रेजरी बिल जारी गर्दै छ । त्यसका लागि राष्ट्र बैंकले आज उक्त ट्रेजरी बिलको बोलकबोलको मिति तय गरेको छ । केन्द्रीय बैंकले ९१ दिनका लागि ५ अर्ब २० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्दैछ । यो ट्रेजरी बिल २०८० वैशाख ५ गते परिपक्व हुनेछ।
आज दिउँसो २ बजे अनलाइनका माध्यमबाट बोलकबोल गर्न सकिनेछ । बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन्। बोलकबोलमा सबैभन्दा बढी मूूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँड हुने गर्दछ।


