Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बैंक, वित्तीय संस्थाहरुको निक्षेप एकैदिन ९ अर्ब रुपैयाँले घट्यो

२०७९ पुष २६ गते

बैंकिङ खबर/बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप एकैदिन ९ अर्ब रुपैयाँले घटेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप पुस २५ गते एकैदिन ९ अर्ब रुपैयाँले घटेको हो। गत पुस २४ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ५३ खर्ब २० अर्ब रुपैयाँ रहेकोमा पुस २५ गते घटेर ५३ खर्ब ११ अर्ब रुपैयाँमा झरेको छ।

गत पुस २५ मा वाणिज्य बैंकहरुको निक्षेप एकैदिन १० अर्ब रुपैयाँले घटेर कुल ४६ खर्ब ८० अर्ब रुपैयाँमा झरेको छ। गत पुस २४ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४६ खर्ब ८० अर्ब रुपैयाँ रहेको थियो।

बैंक तथा वित्तीय संस्थाहरुको पुस २५ मा कर्जा लगानी ५ अर्ब रुपैयाँले बढेको छ। योसँगै कुल कर्जा लगानी ४७ खर्ब ७८ अर्ब रुपैयाँ पुगेको छ। गत पुस २४ गतेसम्म कुल कर्जा लगानी ४७ खर्ब ७३ अर्ब रुपैयाँ रहेको थियो। यसैगरी वाणिज्य बैंकहरुको पनि कुल कर्जा लगानी ४ अर्ब रुपैयाँले बढेर पुस २५ गतेसम्म ४२ खर्ब ३० अर्ब रुपैयाँ पुगेको छ। गत पुस २४ गतेसम्म कुल कर्जा लगानी ४० खर्ब ८७ अर्ब रुपैयाँ रहेको थियो।

पुस २५ गते बैंक तथा वित्तीय संस्थाहरुको औसत सीडी रेसियो बढेर ८६.६५ प्रतिशत पुगेको छ। पुस २४ गतेसम्म औसत सीडी रेसियो ८६.४० प्रतिशत रहेको थियो। अन्तरबैंक ब्याजदर भने घटेर ६.१४ प्रतिशत कायम भएको छ।