Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

प्रभु र सेन्चुरी बैंकको एकीकृत कारोबार शुरु

२०७९ पुष २६ गते

बैंकिङ खबर/ प्रभु बैंक र सेन्चुरी बैंकको एकीकृत कारोबार मंगलबारबाट शुरु भएको छ । प्रभु बैंकले सेन्चुरी बैंकलाई (एक्विजिसन) प्राप्ति गरेपछि प्रभु बैंकको नामबाट एकीकृत कारोबार शुरु भएको हो । दुवै बैंकलाई एकीकृत कारोबारका लागि नेपाल राष्ट्र बैंकले पुस १९ गते अन्तिम स्वीकृति दिएको हो । दुवै बैंकको पुस १४ गते सम्पन्न साधारण सभाले (एक्विजिसन) प्राप्तिका लागि प्रस्ताव पारित गरेका थिए ।

मर्जपछि बन्ने बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा अशोक शेरचन हुनेछन् भने डेपुटी सीईओमा सेञ्चुरी बैंकका तर्फबाट मनोज न्यौपाने रहनेछन् । मर्जपछि बन्ने संचालक समितिमा प्रभु बैंकको तर्फबाट ४ जना र सेञ्चुरीको तर्फबाट ३ जना रहने बताइएको छ ।

मर्जपछि बैंकको नाम प्रभु बैंक रहनेछ । प्रभु बैंकले सेन्चुरी बैंककोे १००ः१०० सेयर स्वाप रेसियो प्राप्त गरेको छ । यसर्थ, सेन्चुरीको १०० सय कित्ता सेयर हुनेले अब प्रभुको नाममा १०० कित्ता नै सेयर पाउनेछन् ।

हाल प्रभु बैंकको चुक्ता पुँजी १२ अर्ब ७० करोड र सेञ्चुरी कमर्सियल बैंकको ९ अर्ब ५५ करोड रुपैयाँ बढी रहेको छ । मर्जपछि बैंक प्रभु बैंकको चुक्ता पुँजी बोनस शेयर जारी पश्चात २३ अर्ब ५० करोड रुपैयाँ बढी हुनेछ । सेञ्चुरीलाई गाभनेपछि प्रभु बैंकको ग्राहक संख्या ३० लाख बढी शाखा सञ्जाल ३६५, एटीएम ३०९ र एक्सटेन्सन काउन्टर ७२ पुगेको छ।