
बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी मर्जर नीतिले वित्तीय प्रणाली थप सुरक्षित भएको बताउनुभएको छ । ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूको एकीकृत कारोबारको शुभारम्भ गर्दै गभर्नर अधिकारीले भन्नुभयो, ‘राष्ट्र बैंकले मर्जरको नीति एक दशकअघि लिइरहेको छ ।’
खुला नीतिका कारण धेरै वित्तीय संस्था खुलेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,‘संस्था बढी हुँदा मध्यस्था लागत बढ्छ । जसका कारण बजारमा अस्वस्थ प्रतिस्पर्धा भयो। अर्थतन्त्रमा पनि सकारात्मक योगदान भएन ।’ यिनै कारणले गर्दा राष्ट्र बैंकले मर्जर नीति ल्याएको गभर्नर अधिकारीले बताउनुभयो ।
‘अहिलेसम्म २४७ संस्था मर्ज भएर ६८ संस्था कायम भएका छन्’, उहाँले भन्नुभयो, ‘वित्तीय मध्यस्थताको लागत पनि घट्दै गएको छ । वित्तीय प्रणाली पनि थप सुरक्षित हुँदै गएको छ ।’
गभर्नर अधिकारीका अनुसार यो वर्ष १४ वटा बैंक मर्जरमा गएका छन् । गर्भनर अधिकारीले उत्पादनशील क्षेत्रमा स्रोत खर्च गर्नुपर्ने सुझाव दिनुभयो ।



