Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बैंकहरूलाई नाफासँगै सामाजिक उत्तरदायित्वमा ध्यान दिन राष्ट्रपतिको आग्रह

२०७९ पुष २४ गते

बैंकिङ खबर/राष्ट्रपति विद्यादेवी भण्डारीले बैंक तथा वित्तीय संस्थालाई नाफासँगै संस्थागत सामाजिक उत्तरदायित्वमा पनि ध्यान दिन आग्रह गर्नुभएको छ ।

लगानी गरेपछि उचित नाफाको अपेक्षा स्वभाविक भएपनि नाफासँगै सामाजिक उत्तरदायित्वमा ध्यान दिन उहाँले आग्रह गर्नुभएको हो ।

बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन)को तेस्रो वार्षिक साधारणसभालाई सम्बोधन गर्दै आइतबार राष्ट्रपति भण्डारीले भन्नुभयो, ‘स्वावलम्बी एव् आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि राष्ट्रिय पुँजी निर्माण र त्यसको विवेकशिल परिचालन अपरिहार्य छ । यसका लागि उद्यमशिलता विकासमा अझैं धेरै काम गर्नुपर्नेछ ।’

स्वदेशी उत्पादन बढाएर आयात घटाउने र निर्यात प्रवर्द्धनमा जोड दिनुपर्ने उहाँको भनाइ थियो । केही समय यता बैंकहरुले भोगिरहेको समस्याबारे आफू जानकार रहेको बताउँदै सम्बन्धित निकायलाई समस्या समाधानका लागि पहल गर्न पनि उहाँले बताउनुभयो ।