
बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले एटिएम प्रयोग गर्दा विशेष ध्यान दिन आग्रह गरेको छ । बैंकले एक सूचना जारी गर्दै सजग गराएको हो । राष्ट्र बैंकले आफ्नो पिनकोड गोप्य राख्न आग्रह गरेको छ । यस्तै अपरिचित मान्छेबाट टाढै बस्न, एटिएम प्रयाग गर्दा खाताबाट पैसा काट्यो तर पैसा आएन भने सम्बन्धित बैंकमा सम्पर्क गर्न र आवश्यक परे बैंकका कर्मचारीहरुसँग सम्पर्क गरी सहयोग लिन पनि आग्रह गरेको छ ।



