Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्दै सिटिजन्स लाइफ, डाक्यो साधारणसभा

२०७९ पुष २४ गते

बैंकिङ खबर/ सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले पाँचौं वार्षिक साधारणसभा डाकेको छ । कम्पनीले प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्ने एजेण्डासहित आफ्नो पाँचौ सभा माघ १५ गते अलफ्ट होटल काठमाडौंमा साधारण सभा डाकेको हो ।

साथै, कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ । साथै सोही आवको असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह जस्ता वित्तीय विवरणमाथि छलफल गरी पारित गर्नेछ ।

कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को लागि कम्पनीको लेखापरीक्षकमा जोशी एण्ड भण्डारी, चार्टर्ड एकाउन्टेन्ट्सलाई गरिएको नियुत्तिको अनुमोदन गर्ने र संचालकको नियुक्ति अनुमोदन गर्ने प्रस्ताव रहेको छ ।

Ad