Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

प्रभु र सेञ्चुरी बैंकको एकीकृत कारोबारः राष्ट्र बैंकले दियो अन्तिम स्वीकृति

२०७९ पुष १८ गते

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले प्रभु बैंकले सेञ्चुरी कमर्सियल बैंकलाई प्राप्ति गर्ने प्रक्रियालाई अन्तिम स्वीकृति दिएको छ । राष्ट्र बैंक सञ्चालक समितिको सोमबार बसेको बैठकले प्रभुले सेञ्चुरीलाई प्राप्ति गर्ने प्रक्रियालाई अन्तिम स्वीकृति प्रदान गरेको हो । दुवै बैंकको गत पुस १४ गते सम्पन्न वार्षिक साधारणसभाबाट प्रभु बैंकले सेञ्चुरी बैंकलाई प्राप्ति गर्ने प्रक्रियालाई स्वीकृत गरेको थियो। साधारणसभाबाट प्राप्ति प्रक्रिया स्वीकृत भएसँगै दुवै बैंकले अन्तिम स्वीकृतिका लागि आइतबार (पुस १७ गते) राष्ट्र बैंकमा निवेदन दिएका थिए।

गत साउन १५ गते यी दुुई बैंकबीच प्राप्तिसम्बन्धी प्रारम्भिक सम्झौता भएको थियो। प्रभुले सेञ्चुरीलाई १ः१ सेयर स्वाप रेसियामा प्राप्ति गरेको हो। सेञ्चुरीलाई प्राप्ति गरेपश्चात प्रभु बैंकको नामबाट एकीकृत कारोबार हुनेछ। हाल प्रभु बैंकको चुक्तापुँजी १२ अर्ब ७० करोड रुपैयाँ र सेञ्चुरीको ९ अर्ब ५५ करोड रुपैयाँ रहेको छ। सेञ्चुरीलाई प्राप्ति गरेपछि प्रभु बैंकको चुक्तापुँजी २२ अर्ब २५ करोड रुपैयाँ पुग्नेछ।