२०७३ कार्तिक २ गते

सेयर जारी गरेर पुँजी बढाउँदै सनराइज बैंक : ३३.३३ प्रतिशत बोनसपछि ३० प्रतिशत हकप्रद

sunrise-bankसनराईज बैंकले आफ्ना सेयरधनीलाई ३३.३३ प्रतिशत बोनस सेयर दिने भएको छ । बैंकले गत वर्षको मुनाफा एवं जगेडा कोषहरूमा रहेको रकम प्रयोग गरी १ अर्ब ३२ करोड ५३ लाख ४८ हजार ८ सय रुपैया बराबरको वोनस सेयर दिन लागेको हो । साथै, बैंकले बोनस शेयर जारी भएपछि कायम हुन आएको चुक्ता पूँजीको ३० प्रतिशत अर्थात १० कित्ता बराबर ३ को अनुपातमा हकप्रद सेयर समेत जारी गर्ने निर्णय गरेको छ । उक्त निर्णय पारीत गर्नका लागि बैंकले आगामी शुक्रबार नवौँ वार्षिक साधारणसभा बोलाएको छ ।  

हाल बैंकको हाल चुक्ता पूँजी ३ अर्ब ९७ करोड ६० लाख ४७ हजार रुपैयाँ रहेको छ । बोनस सेयर वितरणपछि बैंकको पुँजी सवा पाँच करोड नाघ्नेछ । उक्त पुँजीबाट ३० प्रतिशत हकप्रद सेयर जारी गरेपछि बैंकको पुँजी झन्डै छ करोड ९० लाख रुपैयाँ पुग्नेछ ।