Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

राष्ट्र बैंकले बिक्रीमा राख्यो पैसाबाट बनेको ब्रिकेट, यस्तो छ मूल्य

२०७९ पुष १७ गते

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले झुत्रा नोटबाट बनाएको ब्रिकेट बिक्रीमा राखेको छ । केन्द्रीय बैंकको मुद्रा व्यवस्थापन विभागले पैसाबाट बनेको ब्रिकेट खरिदको लागि आवेदन माग गरेको छ । केन्द्रीय बैंकको मुद्रा व्यवस्थापन विभाग तथा उपत्यका बाहिरका विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीका प्रादेशिक कार्यालयले उत्पादन गरेको ब्रिकेट बिक्रीमा राखेको हो।

राष्ट्र बैंकले कुल २ लाख ७५ हजार केजी ब्रिकेट बिक्रीमा राखेको छ। ब्रिकेट खरिदको लागि सिलबन्दी बोलकबोलमार्फत आवेदन गर्न सकिने छ। इच्छुक व्यक्ति तथा संस्थाले आफुले हाल्ने मूल्य सहित ४५ दिनभित्र आवेदन दिन सक्नेछन्। ब्रिकेटको मूल्य भने प्रतिस्पर्धात्मक रुपमा तय गरिने छ।