नेरुडे लघुवित्त विकास बैंकले ५० प्रतिशत अर्थात २ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनी ९ लाख कित्ता हकप्रद शेयर जारी गर्न लागेको हो ।
हाल चुक्ता पुँजी १२ करोड ५० लाख रुपैयाँ रहेको कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई ४४ प्रतिशत बोनश शेयर दिने निर्णय गरिसकेको छ । कम्पनीले उक्त बोनस सेयर वितरणपछि कायम हुने चुक्तापुँजीको ५० प्रतिशत हकप्रद सेयर निष्काशनको अनुमतिका लागि गत असोज २८ गते धितोपत्र बोर्डमा निवेदन दिएको हो ।
४४ प्रतिशत बोनश वितरण पश्चात कम्पनीको चुक्ता पूँजी १८ करोड रुपैयाँ नाघेको छ । बोनश वितरण पश्चात कायम चुक्तापूँजीको ५० प्रतिशत हकप्रद वितरण पश्चात चुक्ता पूँजी २७ करोड रुपैयाँ पुग्नेछ ।
कम्पनीको शेयर निश्काशन तथा विक्री प्रबन्धक एनसिएम मर्चेन्ट बैंकिङ रहेको छ ।



