Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

माया खोला हाइड्रोपावरको आईपीओ भर्ने अन्तिम दिन

२०७९ पुष १७ गते

बैंकिङ खबर/ माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ भर्ने आइतबार अन्तिम दिन रहेको छ । यो कम्पनीले गत मंसिर २३ गतेदेखि कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपालीका लागि आईपीओ बिक्री खुला गरेको थियो । वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने गत पुस ८ गतेसम्म आईपीओ बिक्री खुला गरिएको थियो। स्थानीयका लागि भने म्याद थपेर आज पुस १७ गते बिक्री खुला गरिएको धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ।

कम्पनीले जारी पुँजी १ अर्ब रुपैयाँको ३४ प्रतिशतले हुने ३४ लाख कित्ता साधारण सेयरमध्ये जारी पुँजीको १० प्रतिशतले हुन आउने १० लाख कित्ता स्थानीयका लागि बिक्री खुला गरेको छ। यो आईपीओमा आयोजनाबाट अतिप्रभावित संखुवासभा जिल्लाको चैनपुर–८ र ९, धर्मादेवी ३, ४ र ५, मादी–४ र ६ का लागि बासिन्दाका लागि ६ लाख कित्ता तथा प्रभावित क्षेत्र संखुवासभा जिल्लाको चैनपुर, धर्मदेवी र मादी नगरपालिकाका अन्य क्षेत्रका स्थानीयका लागि ४ लाख कित्ता छुट्याएको छ ।

स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतममा १ लाख कित्तासम्म आवेदन दिन पाउनेछन् । स्थानीयले संखुवासभाको खाँदबारीस्थित प्राइम कमर्सियल बैंक, धर्मदेवीस्थित नेपाल एसबीआई बैंक, संखुवासभास्थित माया खोला हाइड्रोपावर कार्यालय र काठमाण्डौको कमलादीस्थित प्रभु क्यापिटलको कार्यालय तथा क्यापिटलले निर्माण गरेको अनलाइनबाट आवेदन दिन सक्नेछन्।

 

 

Ad