२०७३ कार्तिक १ गते

१५० प्रतिशत हकप्रद जारी गर्दै सेती फाइनान्स

rights-issueसेती फाइनान्सले एक बराबर १.५ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले आफ्ना सेयरधनीका लागि हाल कायम चुक्तापुँजीको १५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो । 

कम्पनीले आफ्नो पुँजी वृद्धिका लागि हकप्रद दिने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार कम्पनीले २०७४ असार मसान्तसम्म ८० करोड चुक्ता पुँजी पुर्याउनु पर्छ ।

हाल कम्पनीको चुक्ता पुँजी ६ करोड ३४ लाख रुपैयाँ छ । उक्त पुँजीबाट १५० प्रतिशत हकप्रद जारी गर्दा फाइनान्सको पुँजी १५ करोड ८५ लाख रुपैयाँ पुग्नेछ । हकप्रद जारी गरेर नपगेको चुक्ता पुँजी पुर्याउन मर्जर वा एक्विजिसनमा जाने योजना कम्पनीको छ ।