
बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले चार महिनाको देशको आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले बिहीबार आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको हो ।
विवरण अनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ८.०८ प्रतिशत रहेकोछ । आयात १८.१ प्रतिशतले, निर्यात ३३.३ प्रतिशतलेर कुल वस्तु व्यापार घाटा १५.९ प्रतिशतले घटेकोछ । विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २०.४ प्रतिशतले र अमेरिकी डलरमा १०.८ प्रतिशतले बढेको छ ।
शोधनान्तर स्थिति रु.२० अर्ब ३ करोडलेबचतमा रहेको छ । कुल विदेशी विनिमय सञ्चिति रु.१२४६ अर्ब २७ करोड र अमेरिकी डलरमा ९ अर्ब ६३ करोड रहेको छ । संघीय सरकारको खर्च रु.३५१ अर्बर राजस्व परिचालन रु.२६८ अर्ब ७ करोड रहेकोछ । विस्तृत मुद्राप्रदाय १.० प्रतिशतले बढेकोछ ।
वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय ६.४ प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ०.९ प्रतिशतले बढेकोछ र निजी क्षेत्रमा प्रवाहित कर्जा १.५ प्रतिशतले बढेकोछ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर ८.६ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ५.४ प्रतिशत रहेकोछ ।



