Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

२० अर्ब रुपैयाँको रिपो जारी गर्दै राष्ट्र बैंक

२०७९ मंसिर २९ गते

बैंकिङ खबर/ तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज २९ गते २० अर्ब रुपैयाँको रिपो जारी गर्ने भएको छ । बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकम अभाव हुन नदिन केन्द्रीय बैंकले १४ दिने रिपो जारी गर्न लागेको हो। बैंकिङ प्रणालीमा तरलताका समस्या देखिएमा राष्ट्र बैंकले अल्पकालीन अवधिको रिपो जारी गर्ने गर्दछ।

वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाले आउँदो पुस १४ गते परिपक्व हुने यो रिपो आज दिउँसो २ बजे बोलकबोलमार्फत खरिद गर्न सक्नेछन् । तरलता अभावमा बैंक तथा वित्तीय संस्थाले रिपो, अन्तरबैंक सापटी र स्थायी तरलता सुविधा (एसएलएफ) प्रयोग गर्दछन् ।