
बैंकिङ खबर/ वाणिज्य बैंकहरुले आगामि असार मसान्तभित्र स्प्रेड दर ४ प्रतिशतमा झारे हुने भएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षाको कार्यन्वयनको लागि जारी गरेको निर्देशनमा असारभित्र ४ प्रतिशतमा झार्नुपर्ने उल्लेख छ । यस्तै बैंकहरुले आगामी चैत मसान्तसम्ममा स्प्रेड दर ४.२ प्रतिशतमा झार्नुपर्ने छ ।
अहिले केहि बैंकको स्प्रेड दर ४.४४ प्रतिशतकै हाराहारीमा छ, ती बैंकहरुले भने चैतभित्र स्प्रेड दर घटाउनुपर्ने छ । जसले गर्दा बैंकहरुको आम्दानीमा असर पर्छ । यस्तै विकास बैंक र फाइनान्स कम्पनीहरुले चैत मशान्तसम्ममा ४.८ प्रतिशत र असार मशान्तभित्रमा ४.६ प्रतिशतमा झार्नुपर्ने छ । यसअघि विकास बैंक र फाइनान्स कम्पनीहरुले स्प्रेड दर ५ प्रतिशतसम्म कायम गर्न पाउने व्यवस्था थियो ।


