Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

वाणिज्य बैंकहरुले पुसमा ब्याजदर नबढाउने

२०७९ मंसिर २७ गते

बैंकिङ खबर/ पुस महिनामा वाणिज्य बैंकहरुले ब्याजदर नबढाउने भएका छन् । नेपाल बैंकर्स संघको सोमबार बसेको बैठकले पुस महिनाको लागि ब्याजदर नबढाउने निर्णय गरेको संघका अध्यक्ष अनिल उपाध्यायले जानकारी दिएका छन्।

बैंकहरुले मंसिरमा पनि ब्याजदर बढाएका थिएनन्। मौद्रिक नीतिको समीक्षालाई हेरेर मात्र ब्याजदर घटाउने भन्दै मंसिरमा कात्तिककै ब्याजदरलाई निरन्तरता दिएका थिए ।

मंसिरमा विकास बैंक तथा फाइनान्सहरुले ब्याजदर घटाएका थिए। यससँगै वाणिज्य बैंकहरुलाई ब्याजदर घटाउन चर्को दबाब परेको थियो। यद्यपि, बैंकहरुले पुस महिनको लागि पनि ब्याजदर घटाउने निर्णय गरेका छैनन्।

मंसिर महिनामा अधिकांश बैंकहरुले मुद्दती निक्षेप (व्यक्तिगत) मा अधिकतम १२.१३ प्रतिशत ब्याजदर दिँदै आएकोमा पुस महिनामा पनि सोही ब्याजदरलाई निरन्तरता दिने भएका छन्।