Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

अब हामी रिकभरी बेस लेन्डिङमा जानुपर्छः गभर्नर अधिकारी

२०७९ मंसिर २६ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बजारमा तरलता विस्तारै सहज हुँदै गएको बताउनुभएको छ । नेपाल बैंकर्स संघको साधारण सभामा बोल्दै गभर्नर अधिकारीले भन्नुभयो, ‘बंैक दर साढे ८ प्रतिशत कायमै रहेको अवस्थामा पनि अन्तर बैंक व्याज दर ७.०७ पुगेकोले बजारमा तरलता सहज भएको संकेतको रुपमा बुझ्नुपर्छ ।’

कुनै समयमा बैंकहरुले एसएलएफ मात्रै दैनिक ५० अर्बभन्दा बढी एसएलएफ चलाउने गरेकोमा अहिले केन्द्रीय बैंकले बैंकहरुलाई दिने एसएलएफ कर्जा ५ अर्बमा झरेको उहाँको भनाइ छ । गभर्नर अधिकारीले अहिले ऋणीले थप ऋण नपाएको गुनासो मात्रै बाहिर आएको भन्दै तरलता सहज भएको कुरा बजारमा प्रचार नभएको बताउनुभयो ।

‘सँधै बाहिरबाट फन्ड आएर मात्रै तरलता बढ्ने होइन । अब हामी रिकभरी बेस लेन्डिङमा जानुपर्छ । जसले ऋण लिएको छ, उसको व्याज तिर्न फेरि ऋण बढोस् भन्ने हामी चाँहदैनौं ।’