Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

‘सम्पत्ति शुद्धीकरण निवारण सुपरिवेक्षण महाशाखा’ स्थापना गर्दै राष्ट्र बैंक

२०७९ मंसिर २३ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले ‘सम्पत्ति शुद्धीकरण निवारण सुपरिवेक्षण महाशाखा’ स्थापना गर्ने भएको छ । सम्पत्ति शुद्धीकरण तथा आतकंवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निरीक्षण तथा सुपरिवेक्षण गर्न महाशाखा स्थापना गर्न लागिएको हो ।

माघ १ गतेदेखि कार्यारम्भ गर्ने गरी सुपरिवेक्षण महाशाखाको स्थापना गर्ने निर्णय भएको केन्द्रीय बैंकले सूचना मार्फत जानकारी गराएको छ ।