Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अन्तर्राष्ट्रिय बैंकिङ

जापानको ज्यालामा सन् २०१५ यताकै सबैभन्दा ठूलो गिरावट

२०७९ मंसिर २१ गते

बैंकिङ खबर/जापानको मुद्रास्फीति अक्टोबरमा समायोजित वास्तविक ज्यालादर एक वर्ष अघिको तुलनामा २.६ प्रतिशतले घटेको देखिएको छ। जुन सन् २०१५ श्रम मन्त्रालयले मङ्गलबार प्रारम्भिक प्रतिवेदन जारी गर्दै सो गिरावट सार्वजनिक गरेको छ।

प्रारम्भिक तथ्याङ्कले ऊर्जाको बिल र खाद्यान्नको लागतलगायतका उपभोक्ता मूल्यहरू मात्र ज्यालामा बढेको कारण सूचकाङ्क लगातार सातौँ महिना घटेको देखाएको छ।

अक्टोबरमा प्रति कामदारको कूल ज्याला एक वर्ष अघिको तुलनामा १.८ प्रतिशतले बढेर दुई लाख ७५ हजार आठ सय ८८ येन वा लगभग दुई हजार अमेरिकी डलरमा पुगेको छ थियो।

बढ्दो मुद्रास्फीतिको सामना गर्न जापानी सरकारले अक्टोबरमा ३९ ट्रिलियन येन (दुई सय ८६ अर्ब अमेरिकी डलर) को व्यापक आर्थिक प्याकेज अनुमोदन गरेको थियो।