
बैंकिङ खबर/ भारतीय रिजर्भ बैंक(आरबिआइ)को मौद्रिक समीक्षा बैठक सोमबारबाट सुरु भएको छ । बैठक बुधबारसम्म चल्ने छ । बैठक सकिए लगत्तै “क्रेडिट पोलिसी“ घोषणा गर्ने छ। जनकारहरूले आरबिआइले रिपो रेटमा वृद्धि गर्ने सक्ने अनुमान गरेका छन्। आरबिआइले यसपटक ०.३५ प्रतिशत रेट बढाउने अनुमान गरिएको छ। हाल रिपो रेट ५.९० प्रतिशत छ ।
आरबिआइले हरेक दुई महिनामा मौद्रिक नीतिको समीक्षा गर्ने गर्छ। चालु वर्ष गएको अप्रिलमा उक्त समीक्षा गरिएको थियो। त्यसबेला रिपो रेट ४ प्रतिशतमा स्थिर थियो। तर आरबिआइले दुई र तीन मे मा आकस्मिक बैठक बोलाएर रिपो रेट ०.४० प्रतिशत बढाएको थियो। २२ मे २०२० पछि उक्त रेट परिवर्तन गरिएको थियो। त्यसपछि ६ देखि आठ जुनमा बसेको बैठकले पुनः रिपो रेट ०.५० प्रतिशतले बढाएको थियो। त्यस बेला रिपो रेट ४.४० प्रतिशतबाट बढेर ४.९० प्रतिशतमा उक्लिएको थियो।
पछि फेरि अगस्टमा ०.५० प्रतिशत बढाउँदै ५.४० प्रतिशतमा पु¥याइएको थियो। पछिल्लो समय सेप्टेम्बरमा ५.९० प्रतिशत पु¥याइएको थियो। यस पटक पुनः बढे यो पाँचौँ पटकको वृद्धि हुने भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।



