Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बैंकहरुलाई राष्ट्र बैंकको निर्देशन, ‘ब्याज फिर्ताको विवरण पेश गर्नु’

२०७९ मंसिर १५ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले बैंकका प्रमुख कार्यकारी अधिकृतलाई नियमविपरीत लिएको ब्याज फिर्ताको विवरण पेश गर्न निर्देशन दिएको छ । १२ मंसिरमा राष्ट्र बैंक बैंक सुपरीवेक्षण विभागले सबै बैंकलाई पत्र काटेर नियम विपरीत प्रिमियम बढाएर लिएको ब्याज फिर्ता गरेको विवरण पठाउने निर्देशन दिएको हो ।

राष्ट्र बैंकले १५ दिनभित्र ब्याज फिर्ता गरेको विवरण पठाउने निर्देशन दिएको छ । गत आर्थिक वर्षको वाषिर्क वित्तीय विवरणलाई प्रारम्भिक स्वीकृति दिदा नै राष्ट्र बैंकले नियम विपरीत प्रिमियम बढाएर लिएको ब्याज फिर्ता गर्ने शर्तमा राष्ट्र बैंकले स्वीकृत गरेको थियो ।

वाणिज्य बैंकहरुले मात्रै गत आर्थिक वर्षमा ऋणीसँगको सम्झौता विपरीत प्रिमियम बढाएर साढे ३ अर्ब भन्दा बढी ब्याज बैंकहरुले असुल गरेको केन्द्र्रीय बैंकले जनाएको थियो । उक्त रकम फिर्ता गर्ने शर्तमा राष्ट्र बैंकले गत आर्थिक वर्षका वित्तीय विवरणको प्रारम्भिक स्वीकृत तथा साधारणसभाको स्वीकृत प्रदान गर्दा उक्त ब्याज फिर्ता गर्न शर्त राखेर स्वीकृत गरेको हो ।