Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

नियम उल्लंघन गरेको भन्दै राष्ट्र बैंकद्वारा ९ बैंकलाई कारवाही

२०७९ मंसिर १३ गते

बैंकिङ खबर/ चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नियम उल्लंघन गरेको भनदै नेपाल राष्ट्र बैंकले ९ वटा बैंकहरुलाई कारवाही गरेको छ ।

नेपाल राष्ट्र बैंकले रोक्का राख्न निर्देशन दिएका खाताहरु सञ्चालन गरेको, कर्जा लगानी गरेपश्चात बढी प्रिमियम असुल गरेको तथा आधार दरभन्दा कम ब्याजदरमा कर्जा दिएको भन्दा बैंकहरुलाई सचेत गराएको छ ।

सुपरिवेक्षण विभागले बैंक अफ काठमाण्डू, कृषि विकास बैंक, प्रभु बैंक, कुमारी बैंक, प्राइम कमर्सियल बैंक, हिमालयन बैंक, सनराइज बैंक, ग्लोबल आइएमई र मेगा बैंकले नियम विपरित कार्य गरेको भेट्टाएको छ ।

केन्द्रीय बैंकले कृषि विकास बैंकलाई सम्पत्ति शुद्धिकरण सम्बन्धि ऐन र निर्देशनहरुको उल्लंघन गरेको भन्दै २० लाख रुपैयाँ जरिवाना समेत तिराएको छ ।