माछापूछ्रे बैंकले ५० प्रतिशत हकप्रद सेयर निष्काशनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । जनता बैंक सँगको मर्जर प्रक्रिया तोडिएपछि नयाँ पूँजी योजना सार्वजनिक गरेको माछापुच्छ्रे बैंकले बैंकले एक अर्ब ९३ करोड रुपैयाँ बराबरको अर्थात हाल कायम पूँजीको ५० प्रतिशत हकप्रद जारी गर्नेछ । बैंकले एक करोड ९३ लाख कित्ता हकप्रद शेयर जारी गर्ने भएको छ ।
हाल यस बैंकको चुक्ता पुँजी ३ अर्ब ८६ करोड रुपैयाँ रहेको छ । ५० प्रतिशत हकप्रद निष्काशन गरेपछि बैंकको चुक्ता पुँजी ५ अर्ब ७९ करोड रुपैयाँ पुग्नेछ ।जनता बैंक सँगको मर्जर तोडिएपछि बैंकले आगामी दुई वर्षभित्रमा बोनस र हकप्रद सेयर जारी गरेर आफै चुक्ता पुँजी ८ अर्ब पुर्याउने योजना सार्वजनिक गरेको छ ।



