Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

२० रुपैयाँको ३१ करोड नोट छाप्दै राष्ट्र बैंक

२०७९ मंसिर ९ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले २० रूपैयाँ दरका ३१ करोड नोट छाप्ने भएको छ । त्यसका लागि केन्द्रीय बैंकले अन्तर्राष्ट्रिय बोलकबोल आह्वान समेत गरेको छ ।

हाल कायम रहेको नोटले एक वर्षको माग धान्ने भएको छ । १ वर्षपछि माग धान्न नसक्ने भएपनि बोलपत्र आह्वान गरेको नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले जनाएको छ ।

हाल चलन चल्तिमा रहेको नोटमा निवर्तमान गभर्नर डा. चिरञ्जीवि नेपालको हस्ताक्षर छ । अब छापिने नोटमा गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर हुनेछ ।