Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बैंकमा तरलता समस्या सहज बन्दै

२०७९ मंसिर ८ गते


बैंकिङ खबर/ पछिल्लो समय बैंकहरुको लगानीयोग्य पैसामा केही सहज हुनथालेको छ हरेक बैंकहरुमा संकलन हुने निक्षेपमा वृद्धि भइरहेको छ।

समग्र बैंक तथा वित्तीय संस्थाहरुको अवस्था हेर्ने हो भने पनि दैनिक अर्बभन्दा बढी रकम निक्षेप वृद्धि भइरहेको छ ।मंगलबारसम्ममा २६ वटा वाणिज्य बैंकको निक्षेप संकलन ४५ खर्ब ६२ अर्ब रुपैयाँ रहेकोमा एकैदिन १ अर्ब बढेर बुधबार ४५ खर्ब ६३ अर्ब पुगेको हो ।

चालू आर्थिक वर्ष सुरु भएदेखि यताको समय हेर्दा अहिलेसम्म तरलतामा सहज स्थिति अहिले देखिएको छ। नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्याङ्क हेर्ने हो भने वाणिज्य बैंकहरुमा असार मसान्तमा ४५ खर्ब ४१ अर्ब रहेको थियो।

साउन मसान्तमा ४४ खर्ब ३३ अर्ब, भदौ मसान्तमा ४४ खर्ब ८५ अर्ब, असोज मसान्तमा ४५ खर्ब ४७ अर्ब र अहिले कात्तिम मसान्तसम्म आइपुग्दा ४५ खर्ब ६३ अर्ब रुपैयाँ वाणिज्य बैंकहरुको निक्षेप कायम भएको देखिएको हो। यसरी हेर्दा चालू आर्थिक वर्षको अहिलेसम्म उच्च निक्षेप संकलन भएको छ।