२०७३ आश्विन २१ गते

सिद्धार्थ बैंकको हकप्रद सेयर कात्तिक ११ गतेदेखि

siddarthaसिद्धार्थ बैंकले सर्बसाधारण सेयरधनीको लागि २५ प्रतिशत अर्थात चार बराबर एकको अनुपातमा हकप्रद सेयर बिक्री गर्ने भएको छ । सिद्धार्थ बैंकले १ सय रुपैंया अकिंत दरमा ७५ करोड ५५ लाख रुपैंया बराबरको ७५ लाख ५५ हजार १ सय ९३ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो । उक्त सेयरको लागि कात्तिक ११ गतेदेखि मंसिर १५ गतेसम्म आवेदन गर्न सकिने बैंकले जनाएको छ ।

असोज १६ गतेसम्म बैंकमा शेयर स्वामित्व भएका वा शेयर खरिद गरेकाले यसमा आवेदन दिन सक्ने छन् ।बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल रहेको छ । बैंकको आफ्नो सम्पुर्ण शाखा, बिक्री प्रबन्धक, लक्ष्मी क्यापिटलबाट शेयरमा आवेदन दिन सकिने छ ।
हाल बैंकको चुक्तापूँजी ३ अर्ब ३ करोड रुपैंया रहेको छ । हकप्रद निष्काशन पश्चात बैंकको पूँजी ३ अर्ब ८० करोड हाराहारी पुग्नेछ ।