Banking Khabar
ब्रेकिङ
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

सरकारका लागि राष्ट्र बैंकले उठायो ६० करोड ऋण

admin २०७३ आश्विन २० गते
सेयर:

rastra bankविहिबार राष्ट्र बैंकले ६० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल विक्रि गरेको छ । राष्ट्र बैंकले सरकारका लागि आन्तरिक ऋण उठाउनका लागि विभिन्न अवधिका ट्रेजरी बिल विक्रि गर्ने गरेको छ । ९१ दिने, १८२ दिने र ३६४ दिने अवधिका ट्रेजरी बिलहरु राष्ट्र बैंकले विक्रि गर्ने गरेको छ । विहिबार विक्रि गरेको ट्रेजरी बिल ९१ दिने अवधिको हो । आगामी मंसिर पुस गर्ने उक्त ट्रेजरी बिलको सावाँ व्याज फिर्ता हुनेछ ।

नेपाल राष्ट्र बैंकले ट्रेजरी बिलको कारोबार क्रमशः घटाउँदै लगेको छ । ट्रेजरी बिल खरिद गर्नेको संख्या घट्दै गएपछि राष्ट्र बैंकले यसको कारोबार क्रमशः कम गर्दै जाने बताएको थियो । ट्रेजरी बिल छोटो अवधिका लागि आन्तरिक ऋण उठाउने उपकरण हो । छोटो अवधिको ट्रेजरी बिलका आकर्षण घटेपछि राष्ट्र बैंकले लामो अवधिका ऋणपत्रहरु जारी गर्नतर्फ जोड दिने योजना बनाएको छ ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।