Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

सेयर बजारमा दोहोरो अंकको वृद्धि : फस्र्ट माइक्रोफाइनान्सका सेयरधनीले कमाए

२०७३ आश्विन २० गते
सेयर:

economicसाताको अन्तिम दिन नेपाल स्टक एक्सचेन्जमा एक अर्बमाथिको कारोबार भएको छ । दिनभरिमा एक सय ३० वटा कम्पनीको १५ लाख ५६ हजार २७ कित्ता सेयर पाँच हजार १३ पटक खरिदविक्रि हुँदा कुल एक अर्ब दुई करोड ७५ लाख २८ हजार छ सय ९२ रुपैयाँ बराबरको कारोबार भएको हो । कारोबार रकम बुधबारको तुलनामा बढेको हो । बुधबार सेयर बजारमा ९२ करोड रुपैयाँ पुँजी परिचालन भएको थियो । 

नेपसे परिसूचक पनि दोहोरो अंकले बढेको छ । दिनभरिमा १३.२८ अंकले बढेर बजार १८१९.८८ अंकमा पुगेको छ । विहीबार कारोबार भएका सबै समूह बढेका छन् । सबैभन्दा धेरै होटल समूह १०४.६३ अंकले बढेको छ भने बीमा ६४.०७, जलविद्युत् २५.५४ र विकास बैंक २३.०२ अंकले बढेका छन् । बैंकिङ, फाइनान्स र अन्य क्रमशः ८.४६, ५.०७ र ८.६८ अंकले बढेका छन् । 

विहीबार पनि बैंक अफ काठमाण्डू लुम्बिनी आकर्षणको केन्द्र बनेको छ । बैंकको १३ करोड ९३ लवाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । एभरेष्ट बैंक र शिखर इन्स्योरेन्सको छ करोड, सोल्टी होटलको पाँच करोड र प्रभु इन्स्योरेन्सको चार करोडमाथिको कारोबार भएको छ भने नेपाल लाइफ इन्स्योरेन्सको तीन करोड ९३ लाख रुपैयाँको कारोबार भएको छ । सिद्धार्थ इन्स्योरेन्स र लुम्बिनी जेनेरल इन्स्योरेन्सको पनि तीन करोडमाथिको कारोबार भएको छ । एनबी बैंक, एसबीआई बैंक लगायतको दुई करोडमाथिको कारोबार भएको छ । 

फस्र्ट माइक्रोफाइनान्स लगानीकर्ताले १० प्रतिशतका दरले सम्पत्ति बढाउँदा ज्योति विकास बैंक, कुमारी बैंक, कसमस डेभलपमेन्ट बैंक र जेविल्स फाइनान्सका लगानीकर्ताले क्रमशः ९.९४, ९.९३, ९.८९ र ९.७६ प्रतिशतका दरले कमाएका छन् । नमस्ते वित्तीय संस्था, रिलायन्स लोटस फाइनान्स र मिरमिरे माइक्रोफाइनान्सका सेयरधनीले ७ प्रतिशतभन्दा बढीका दरले कमाएका छन् । अरुण भ्याली हाइड्रोपावर, देवः विकास बैंक लगायतका लगानीकर्ताले पनि कमाएका छन् । 

एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड १ का लगानीकर्ताले सबैभन्दा धेरै ३.४३ प्रतिशतका दरले गुमाएका छन् । सप्तकोसी डेभलपमेन्ट बैंक, तिनाउ डेभलपमेन्ट बैंक, समिट माइक्रोफाइनान्स, गुराँस लाइफ इन्स्योरेन्स लगायतका लगानीकर्ताले पनि गुमाएका छन् ।