
बैंकिङ खबर/नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा तीन दर्जनभन्दा बढी वित्तीय कम्पनीको सेयर कारोबार रोक्कामा छ । मर्जर तथा एक्विजिसनका कारण वाणिज्य बैंक, लघुवित्त कम्पनी र बिमा कम्पनीको गरी ३३ कम्पनीको सेयर कारोबार रोक्कामा राखिएको हो ।
जसमध्ये आठ वटा वाणिज्य बैंकसहित नौ वटा लघुवित्त कम्पनी तथा १६ वटा बिमा कम्पनी रहेका छन् । सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्सले भने कात्तिक ७ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने तयारी गरेका छन् । यी दुई कम्पनीबीच असार २९ गते मर्जरमा जाने सहमतिपत्रमा हस्ताक्षर भएको थियो । असोज ११ गतेसम्पन्न यी दुई कम्पनीको विशेष साधारणसभाले एक आपसमा मर्जर हुने प्रस्ताव गरेका थिए ।
त्यस्तै, समाज लघुवित्त र घोडिघोडा लघुवित्तको सेयर कारोबार त ०७७ असोजदेखि नै रोक्कामा छ । यी दुई कम्पनीले आईपीओ नै निष्कासन नगरेका कम्पनीसँग मर्जर गर्ने सम्झौता गरेका छन् । आईपीओ निष्कासन नगरेका कम्पनीहरूसँग मर्जर सम्झौता गरेका समाज र घोडिघोडा लघुवित्तको सेयर कारोबार हालसम्म पनि रोक्कामा रहेको छ ।
समाज लघुवित्त स्वस्तिक लघुवित्तसँग मर्जरमा जाने सम्झौता ०७७ असोज ५ गते भएको थियो । घोडिघोडा लघुवित्त वित्तीय संस्था र युनिक लघुवित्त वित्तीय संस्था एक आपसमा मर्जरमा जाने सम्झौता ०७७ कात्तिक २१ गते भएको थियो । यी कम्पनी एक आपसमा मर्जर भएर २०७८ पुस ३० गते एकीकृत कारोबार भइसकेको छ । धितोपत्र दोस्रो बजारमा सूचीकृत नभएका कम्पनीसँग मर्जर हुने निर्णयले लगानीकर्ताको सम्पत्ति दुई वर्षदेखि बन्धकमा छ ।
सेयर कारोबार बन्द रहेका वाणिज्य बैंकहरू
बैंक
- बैंक अफ काठमाण्डौं
- ग्लोबल आइएमई बैंक
- सिभिल बैंक
- मेगा बैंक नेपाल
- नेपाल इन्भेष्टेमेन्ट बैंक
- कुमारी बैंक
- एनसीसी बैंक
- सेन्चरी कमसियल बैंक
इन्सोरेन्स
- गुराँस लाइफ इन्सोरेन्स
- युनियन लाइफ इन्स्योरेन्स
- प्राइम लाइफ इन्स्योरेन्स
- सूर्या लाइफ इन्स्योरेन्स
- ज्योतिलाइफ इन्स्योरेन्स
- रिलायन्स लाइफ इन्स्योरेन्स
- प्रभु लाइफ इन्स्योरेन्स
- लघुवित्त
- आदर्श लघुवित्त वित्तीय संस्था
- समीट लघुवित्त वित्तीय संस्था
- नेशनल माइक्रमेफाइनान्स लघुवित्त वित्तीय संस्था
- साना किसान विकास लघुवित्त वित्तीय संस्था
- आरएमडीसी लघुवित्त वित्तीय संस्था
- युनिक लघुवित्त वित्तीय संस्था
- घोडिघोडा लघुवित्त वित्तीय संस्था
- स्वस्तिक लघुवित्त वित्तीय संस्था
- समाज लघुवित्त वित्तीय संस्था
- निजीवन बिमा कं.
- सानिमा जनरल इन्स्योरेन्स
- जनरल इन्स्योरेन्स
- प्रभु इन्स्योरेन्स
- अजोड इन्स्योरेन्स
- सगरमाथा इन्स्योरेन्स
- लुम्बिनी जनरल इन्स्योरेन्स
- सिद्धार्थ इन्स्योरेन्स
- प्रिमियम इन्स्योरेन्स




