Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बीग मर्जरः कुमारी र एनसीसी बैंकको मर्जरलाई राष्ट्र बैंकको सैद्धान्तिक स्वीकृति

२०७९ आश्विन २७ गते

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले कुमारी बैंक र नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकबीचको मर्जर प्रक्रियालाई सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ ।

राष्ट्र बैंकको सैद्धान्तिक स्वीकृतिसँगै दुवै बैंकले सम्पत्ति दायित्व मूल्यांकन (डीडीए)को कार्य अगाडि बढाएका छन् । दुवै बैंकले यहि असोज ९ गते मर्जरमा जाने प्रारम्भिक सम्झौता गरेका थिए । सम्झौताको छोटो समयमै राष्ट्र बैंकले दुवैलाई मर्जरमा जानका लागि सैद्धान्तिक सहमति प्रदान गरेको हो।

दुवै बैंकबीच १ः१ सेयर स्वाप अनुपातमा मर्जरमा जाने सम्झौता भएको छ। सम्झौताअनुसार मर्जरपछि बैंकको नाम कुमारी बैंक लिमिटेड रहनेछ। बैंकको सीईओमा एनसीसीका रमेशराज अर्याल हुनेछन् भने कुमारीका सीईओ रामचन्द्र खनाल वरिष्ठ प्रमुख कार्यकारी अधिकृत हुनेछन्। कुमारी बैंकको चुक्तापुँजी १४ अर्ब ७१ करोड रुपैयाँ र एनसीसी बैंकको ११ अर्ब १३ करोड रुपैयाँ रहेको छ। मर्जरपछि बैंकको चुक्तापुँजी २५ अर्ब ८४ करोड रुपैयाँ पुग्नेछ।