Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

वाणिज्य बैंकहरुको निक्षेप रु. ८ अर्बले घट्यो

२०७९ आश्विन २६ गते

बैंकिङ खबर/ वाणिज्य बैंकहरुको निक्षेप र कर्जा लगानी दुवै घटेको छ। नेपाल बैंकर्स संघ (एनबीए)ले  सार्वजनिक गरेको असोज तेस्रो साता (असोज १५ गतेदेखि असोज २१ गतेसम्म)को तथ्यांकअनुसार वाणिज्य बैंकहरुको निक्षेप र कर्जा दुवै घटेको हो। 

तथ्यांकअनुसार यो अवधिमा वाणिज्य बैंकहरुको निक्षेप ८ अर्ब रुपैयाँले घटेको छ। गत असोज १४ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४५ खर्ब १९ अर्ब रुपैयाँ रहेकोमा असोज २१ गतेसम्म घटेर ४५ खर्ब ११ अर्ब रुपैयाँमा झरेको छ। 

यो अवधिमा वाणिज्य बैंकहरुको कर्जा लगानी पनि ४ अर्ब रुपैयाँले घटेको छ। गत असोज १४ गतेसम्म कुल कर्जा लगानी ४१ खर्ब ९७ अर्ब रुपैयाँ रहेकोमा असोज २१ गतेसम्म घटेर ४१ खर्ब ९३ अर्ब रुपैयाँमा झरेको छ।  असोज २१ गतेसम्म वाणिज्य बैंकहरुको औसत सीडी रेसियो ८७.२५ प्रतिशत रहेको छ।