Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बैंकहरुमा ब्याजदर बढ्दा लघुवित्तमा नकारात्मक प्रभावः सिईओ चोलाराज शर्मा

२०७९ आश्विन २७ गते

चोलाराज शर्मा, सिईओ

छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड

विगत ६ महिनादेखि स्थिर रहेको बैंकहरुको ब्याजदर असोजमा एकाएक ह्वातै बढेको छ । यो व्याजदर इतिहासकै उच्च वृद्धि हो । भदौंसम्म मुद्दती निक्षेपको ब्याजदर ११ प्रतिशत थियो । तर, असोजमहिनादेखि त्यस्तो ब्याजदर १० प्रतिशतले बढेर १२ प्रतिशतमाथि पुगेको छ । निक्षेपको ब्याजदर नै १५ प्रतिशत पुगेपछि कर्जाको ब्याजदर स्वभाविक रुपमा त्यो भन्दा चर्को भएको छ ।

गत वर्ष ७/८ प्रतिशतमा पाइने ऋणको ब्याजदर केही समय अघिदेखि नै १४/१५ पुगिसकेको छ । असोज १ गतेदेखि मुद्दती निक्षेपको ब्याजदर नै १४/१५ प्रतिशत पुगेपछि ऋणको ब्याजदर १७/१८ पुग्ने अनुमान गरिएको छ । बैंकहरुले नयाँ कर्जा लिनेसँग भने १७/१८ प्रतिशत ब्याजदर लिँदै आएका छन् । बैंकहरुमा एकाएक ब्याजदर ह्वातै बढ्दा यसको असर लघुवित्त क्षेत्रमा समेत परेको छ । 

बैंकहरुमा ब्याजदर बढ्नाले लघुवित्तको नाफालाई मुख्य प्रभाव परेको छ । बैंकहरुको ब्याजदर बढ्नाले लघुवित्तको एनपीएल बढ्दै जाने हुन्छ । विभिन्न सङ्घर्ष समितिको नाममा तिर्नुनपर्नै भन्ने सुचनाहरु आएको छ । यसले पनि लघुवित्त क्षेत्रमा नकारात्मक असर परेको छ ।

छिमेक लघुवित्तले इन्टरप्रेनर सदस्यहरुलाई १४.५ प्रतिशतमा ब्याज प्रदान गर्दै आएको छ । त्यस्तै एकल महिला, हलिया, ज्येष्ठ नागरिकहरुलाई १ प्रतिशत छुट सुविधा पाउने भएको छ । त्यस्तै छिमेक लघुवित्तमा राम्रो रिकभरी गर्ने ग्राहकहरु, जो एउटा संस्थामा मात्र आबद्व छन्, उनीहरुले १२.५ प्रतिशतमा ब्याज प्रदान गरेको अवस्था छ ।

नेपाल राष्ट्र बैंकले बेश रेटमा २ प्रतिशत मात्र प्रिमियम लिन पाउने भनेको छ तर वाणिज्य बैंकले डिएसएल सेक्टरको लोन फुल भएर वाणिज्य बैंकहरुको रेटमा मात्र ब्याज दिइरहेको अवस्था छ । जसले गर्दा लघुवित्तले लिएको भन्दा पनि बढी ब्याजदर तिर्नुपर्ने अवस्था पनि आइरहेको छ ।

लघुवित्त संस्थाहरुले वाणिज्य बैंकबाट पाउने ऋण नै पर्याप्त नपाएका कारण कर्जालाई प्रभाव पारेको छ । छिमेक लघुवित्तको सन्दर्भमा भन्ने हो भने आगामी दिनमा लगानी गर्न सक्ने अवस्था देखिदैँन कि भन्ने रहेको छ । अहिलेसम्म यस्तो अवस्था आएको छैन । राम्रा सदस्यहरुलाई सहज रुपमा ऋण उपलब्ध गराइरहेका छौं ।

(सिईओ शर्मासँग गरिएको कुराकानीको सम्पादित अंश)