Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

५६ करोड मुद्दती निक्षेपमा राख्दै राष्ट्र बैंक, २६ गतेसम्म प्रस्ताव गर्न सकिने

२०७९ आश्विन २५ गते

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले करिब ५६ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपमा राख्ने भएको छ । राष्ट्र बैंकले यसका लागि प्रस्ताव पठाउन बैंक तथा वित्तीय संस्थालाई सूचना जारी गरेको छ ।

राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम एक वर्षका लागि मुद्दती निक्षेपमा राख्न लागेको हो । जसअनुसार ४४ करोड ८० लाख रुपैयाँ वाणिज्य बैंकमा, ८ करोड ४० लाख रुपैयाँ विकास बैंकमा र २ करोड ८० लाख रुपैयाँ फाइसान्स कम्पनीमा राख्नका लागि सूचना जारी गरेको हो ।

इच्छुक बैंक तथा वित्तीय संस्थाले यही असोज २६ गते बुधबारसम्म आफूले दिने ब्याजदरसहित राष्ट्र बैंकमा प्रस्ताव पठाउनु पर्नेछ । यसरी राष्ट्र बैंकको पैसा मुद्दती निक्षेपमा राख्नका लागि तोकिएका सर्तहरु भने बैंक तथा वित्तीय संस्थाले पालना गर्नु पर्नेछ ।

जसअनुसार सम्बन्धित संस्था सञ्चालनमा आएको कम्तीमा २ वर्ष पूरा भएको हुनुपर्ने, न्यूनतम पुँजीकोष अनुपात कायम रहेको, खराब कर्जा कुल सापटीको ५ प्रतिशत भन्दा कम रहेको, कर्जा निक्षेप ९सीडी० अनुपात तोकिएको सीमाभित्र रहेको हुनुपर्ने लगायत छन् ।