Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अन्तर्राष्ट्रिय बैंकिङ

नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत हुने विश्व बैंककाे प्रक्षेपण

२०७९ आश्विन २३ गते

बैंकिङ खबर/ विश्व बैंकले नेपालको अर्थतन्त्र आर्थिक वर्ष २०२२/२३ मा ५.१ प्रतिशत र आर्थिक वर्ष २०२३/२४ मा ४.९ प्रतिशतको दरले वृद्धि हुने प्रक्षेपण गरेको छ । पर्यटन पुरानै लयमा फर्किंदा यसले नेपालको सेवा क्षेत्रको उत्थानमा सहयोग गर्ने एवम जलविद्युत उत्पादनमा भएको वृद्धिले औद्योगिक क्षेत्रको वृद्धिमा टेवा पुग्ने विश्वास प्रतिवेदनमा उल्लेख गरिएको छ ।

सार्वजनिक ऋणको स्तर स्थिर हुने र विदेशी मुद्रा सञ्चितिमा दबाब कम हुने प्रक्षेपण गरिएको छ । नेपालले कर प्रणालीको आधुनिकीकरण, विदेशी मुद्राका नयाँ स्रोतहरू (विशेष गरी एफडीआई)को आकर्षण र यसको पूर्ण कार्यान्वयनसम्बन्धी संरचनात्मक चुनौतिहरूको सामना गरिरहेको छ। दिगो र समावेशी वृद्धि सुनिश्चित गर्न वित्तीय संघीयतालाई सम्बोधन गर्न आवश्यक छ।

गत अक्टोबरमा ७ मा प्रकाशित ‘साउथ एसिया इकोनोमिक फोकस’ झटका सामनाः बसाई सराई र लचिलोपनाको बाटोमा यस वर्ष दक्षिण एसियाको क्षेत्रीय वृद्धि औसत ५.८ प्रतिशतमा प्रक्षेपण गरेको छ । सन् २०२१ मा यस क्षेत्रले ७.८ प्रतिशतको वृद्धि गरेको थियो जब अधिकांश देशहरू महामारीको मन्दीबाट फर्किरहेका थिए।