Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

शिखर इन्स्योरेन्सले प्रस्ताव गर्यो ६० प्रतिशत बोनस सेयर

२०७३ आश्विन १८ गते
सेयर:

shikhar 1शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना लगानीकर्ताका लागि आकर्षक बोनस सेयर प्रस्ताव गरेको छ । कम्पनीले ६० प्रतिशत बोनस सेयरका साथै कर प्रयोजनका लागि आवश्यक नगद लाभांश समेत दिन लागेको हो । कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले ६० प्रतिशत बोनस प्रस्ताव गरी चुक्ता पूँजी ८० करोड माथि पुर्याउने निर्णय गरेको बताइएको छ । 

५० करोड ९८ लाख ९७ हजार ३ सय रुपैंया चुक्ता पूँजी रहेको कम्पनीको ६० प्रतिशत बोनस बितरण पश्चात चुक्ता पूँजी ८१ करोड ५८ लाख ३५ हजार रुपैंया पुग्नेछ । गत आर्थिक वर्षमा कम्पनीले ३१ करोड २ लाख ६८ हजार रुपैंया खुद मुनाफा आर्जन गरेको थियो ।