Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बैंक, वित्त क्षेत्रमा कसले पाए सरकारी सम्मान पदक

२०७९ आश्विन ३ गते

बैंकिङ खबर/ सरकारले बैंक वित्त क्षेत्रका विभिन्न व्यक्ति, उद्योगी व्यवसायीहरुलाई सम्मान गरेको छ । संविधान दिवसको अवसरमा सरकारले बैंक, वित्त क्षेत्र, उद्योगी व्यवसायीहरुलाई सम्मान गरेको हो ।

सरकारले नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र प्रसाद ढुंगाना, एनएमबी बैंकका सीईओ सुनिल केसी, व्यवसायी कुशुम लामा र बैंकर शिक्षा भट्टचनलाई प्रबल जनसेवाश्री पदकमार्फत  पदक प्रदान गरेको छ ।

 

 

स्वत्यस्तै बैंकर शिक्षा भट्टचनलाई विकास रत्न प्रदान गरेको छ । यसैगरी प्रभु बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत मनिराम पोखरेल, प्रभु बैंकका नायब महाप्रबन्धक दिनेश थकाली, बैंकर रुकमिणाकुमारी ज्ञवाली र बीमक सञ्चित बज्राचार्य पनि राष्ट्र यशोवद्र्धक सम्मान पदक प्रदान गरिएको छ । 
 
यस्तै सहकारी अभियन्ता मिनराज कँडेल, केवि उप्रेती र सहकारीकर्मी शशी खड्का गुरुङलाई सुप्रबल जनसेवाश्री पदकद्वारा विभूषित गरिएको छ । उद्योग व्यवसायी प्रभाकर शमशेर जबरालाई प्रसिद्ध प्रबल जनसेनानीबाट विभुषित गरेको छ । यस्तै, व्यवसायी चन्द्र ढकाल र उद्योगी पशुपति मुरारकालाई सुर्कीर्तिमय राष्ट्रदिप पदकबाट विभुषित गरेको छ ।

त्यस्तै, पर्यटन व्यवसायीहरुमा राम थापा र रामबहादुर कोइरी, खुमबहादुर सुवेदी पदकबाट विभुषित हुनुभएको छ । मुरलीधर रंगटा, श्रेणिगोपाल मुन्दडा, मोरियादेल पिलार, जोसे म्यानुयल भिलानोभा र होटल व्यवसायी सृजना राणा विभुषित हुनुभएको छ । यस्तै सरकारले बैंक तथा वित्तीय संस्था परिसंघ नेपाललाई पनि उक्त पदक प्रदान गरिएको छ ।