Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

कर्जाको व्याजदर वाणिज्य बैंकमै १७ प्रतिशत भन्दा धेरै

२०७९ आश्विन ३ गते

बैंकिङ खबर/ वाणिज्य बैंकले कर्जाको व्याजदर १७ प्रतिशत भन्दा धेरै तोकेका छन् । बैंकहरुले शुक्रबार १ असोजदेखि लागू हुने ब्याजदर प्रकाशित गर्दै कर्जामा १७ प्रतिशत भन्दा बढी ब्याजदर प्रकाशित गरेका हुन् ।

३० भदौ बिहीबार बसेको नेपाल बैंकर्स संघको कार्यकारी समितिको बैंठकले ६ महिनादेखि ‘भद्र सहमति’ खारेज गर्ने निर्णय गरेको थियो । बैंकर्स संघले ब्याजदरमा गरेको सहमति खारेज गरेसँगै १ असोजदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गर्दा बैंकले व्याजदर बढाएका छन् ।

वाणिज्य बैंकको औषतमा आधारदर ९.६३ प्रतिशत रहेको छ । सञ्चालनमा रहेका २६ वटा वाणिज्य बैंकमध्ये आधारदर ९.६३ प्रतिशत रहेको छ ।औषतभन्दा कम आधारदर हुनेमा ११ वटा बैंक रहेका छन् । बाँकी बैंकको आधारदर औषतभन्दा बढी रहेको छ ।

एभरेष्ट बैंकको ८.९२, स्टयान्डर्ड चार्टर्ड बैंकको ८.४, नेपाल इन्भेष्टमेन्ट बैंकको ९.०२, कृषि विकास बैंकको ८.९, राष्ट्रिय वाणिज्य बैंकको ७.८६, ग्लोबल आइएमई बैंकको ९.४, सिद्धार्थ बैंकको ९.५, नेपाल बैंकको ८.३९, सानिमा बैंकको ९.०२, प्रभु बैंकको ९.४२, नबिल बैंकको आधारदर ८.७७ प्रतिशत रहेको छ ।

बाँकी बैंकको आधारदर औषतभन्दा बढी रहेको छ । सबैभन्दा बढी आधारदर सिभिल बैंकको रहेको छ । बैंकको आधारदर १०.७३ प्रतिशत रहेको छ ।
बैंकबाट कर्जा लिँदा आधारदरमा ७ प्रतिशत प्रिमियम थपिने छ । बैंकबाट कर्जा लिँदा अधिकतम १७.७३ प्रतिशत ब्याज लाग्ने जनाइएको छ ।

कुन बैंकको कर्जाको व्याजदर कति ?

बैंक अफ काठमाण्डू

प्रकाशित व्याजदर अनुसार कर्जा लिँदा सबैभन्दा बढी ब्याज बैंक अफ काठमाण्डूको लाग्नेछ । बैंकको आधारदर १०.४ प्रतिशत रहेको छ । त्यसमा ८ प्रतिशत प्रिमियम थप्दा कर्जाको ब्याज १८.०४ प्रतिशतसम्म पुग्नेछ ।

राष्ट्रिय वाणिज्य बैंक

सबैभन्दा कम ब्याज सरकारी स्वामित्व रहेका बैंकको रहेको छ । राष्ट्रिय वाणिज्य बैंकबाट कर्जा लिँदा अधिकतम १२.८६ प्रतिशत ब्याज लाग्नेछ ।
यस्तै कृषि विकास बैंकबाट कर्जा लिँदा १३.९ प्रतिशत ब्याज लाग्ने छ । बैंकको आधारदर ८.९ प्रतिशत रहेको छ । त्यसमा अधिकतम ५ प्रतिशत प्रिमियम थपिनेछ ।

नेपाल बैंक

यस्तै नेपाल बैंकबाट कर्जा लिँदा १३.८९ प्रतिशत ब्याज लाग्ने छ । बैंकको आधारदर ८.३९ प्रतिशत रहेको छ । त्यसमा ५.५ प्रतिशत प्रिमियम थपिनेछ ।

लक्ष्मी बैंक

लक्ष्मी बैंकबाट कर्जा लिँदा १५.९९ प्रतिशत अधिकतम ब्याज लाग्नेछ । बैंकको आधारदर ९.९९ प्रतिशत रहेको छ । त्यसमा अधिकतम ६ प्रतिशत प्रिमियम थपिनेछ ।

मेगा बैंक

मेगा बैंकबाट कर्जा लिँदा १७.१९ प्रतिशत ब्याज लाग्नेछ । अहिले बैंकको आधारदर १०.१९ प्रतिशत रहेको छ । त्यसमा अधिकतम ७ प्रतिशत प्रिमियम थपिनेछ ।

कुमारी बैंक

कुमारी बैंकबाट कर्जा लिँदा १६.९९ प्रतिशतसम्म ब्याज लाग्ने छ । बैंकको आधारदर १०.४९ प्रतिशत रहेको छ । त्यसमा अधिकतम ६.५ प्रतिशत प्रिमिमय थपिनेछ ।

एभरेष्ट बैंक

एभरेष्ट बैंकबाट कर्जा लिँदा अधिकतम १५.९२ प्रतिशकत ब्याज लाग्नेछ । बैंकको आधारदर ८.९२ प्रतिशत रहेको छ । त्यसमा अधिकतम ७ प्रतिशत प्रिमियम थपिनेछ ।

एनआईसी एशिया बैंक

यस्तै एनआईसी एशिया बैंकबाट कर्जा लिँदा १६.५४ प्रतिशतसम्म ब्याज लाग्नेछ । बैंकको आधारदर १०.०४ प्रतिशत रहेको छ । त्यसमा अधिकतम ६.५ प्रतिशतसम्म प्रिमियम थपिनेछ ।

नेपाल एसबीआई बैंक

नेपाल एसबीआई बैंकबाट कर्जा लिँदा अधिकतम १६ प्रतिशत ब्याज लाग्ने छ । बैंकको आधारदर १० प्रतिशत रहेको छ । आधारदरमा ६ प्रतिशत प्रिमियम थपिनेछ ।

एनसीसी बैंक

एनसीसी बैंकबाट कर्जा लिँदा १७.१७ प्रतिशतसम्म ब्याज लाग्ने छ । बैंकको आधारदर १०.१७ प्रतिशत रहेको छ भने त्यसमा ७ प्रतिशत प्रिमियम थपिनेछ ।

माछापुच्छ्रे बैंक

यस्तै माछापुच्छ्रे बैंकबाट कर्जा लिँदा अधिकतम १७.४५ प्रतिशत ब्याज लाग्ने छ । बैंकको आधारदर ९.९५ प्रतिशत रहेको छ । त्यसमा ७.५ प्रतिशत प्रिमियम थपिनेछ ।

हिमालयन बैंक

हिमालयन बैंकबाट कर्जा लिँदा १५.८८ प्रतिशत ब्याज लाग्नेछ । जसको आधारदर ९.८८ प्रतिशत रहेको छ भने त्यसमा ६ प्रतिशत प्रिमियम थपिनेछ ।

स्टयान्डर्ड चार्टर्ड बैंक

स्टयान्डर्ड चार्टर्ड बैंकबाट कर्जा लिँदा १५.९ प्रतिशत ब्याज लाग्नेछ । बैंकको आधारदर ८.४ प्रतिशत रहेको छ । त्यसमा ७.५ प्रतिशत प्रिमियम थपिनेछ ।

सनराइज बैंक

सनराइज बैंकबाट कर्जा लिँदा १७.४२ प्रतिशत ब्याज लाग्नेछ । बैंकको आधारदर १०.४२ प्रतिशत रहेको छ । कर्जा लिँदा आधारदरमा ७ प्रतिशत प्रिमियम थपिनेछ ।

नेपाल इन्भेष्टमेन्ट बैंक

नेपाल इन्भेष्टमेन्ट बैंकको आधारदर ९.०२ प्रतिशत रहेकोछ । बैंकबाट कर्जा लिँदा ७ प्रतिशत प्रिमियम सहित १६.०२ प्रतिशत ब्याज लाग्नेछ । यस्तै सेन्चुरी बैंकबाट कर्जा लिँदा १७.४ प्रतिशत कर्जा लाग्नेछ । बैंकको आधारदर १०.४ प्रतिशत रहेको छ । आधारदरमा ७ प्रतिशत प्रिमियम थपिनेछ ।

सिटिजन्स बैंक

सिटिजन्स बैंकबाट कर्जा लिँदा १६.५५ प्रतिशत ब्याज लाग्नेछ । बैंकको आधारदर १०.५५ प्रतिशत रहेको छ । आधारदरमा ६ प्रतिशत प्रिमियम थपिनेछ । ग्लोबल आइएमई बैंकबाट कर्जा लिँदा १५.४ प्रतिशत ब्याज लाग्नेछ । बैंकको आधारदर ९.४० प्रतिशत रहेको छ । त्यसमा ६ प्रतिशत प्रिमियम थपिनेछ ।

सिद्धार्थ बैंक

सिद्धार्थ बैंकबाट कर्जा लिँदा अधिकतम १५.५ प्रतिशत ब्याज लाग्नेछ । बैंकको आधारदर ९.५ प्रतिशत रहेको छ । त्यसमा ६ प्रतिशत प्रिमियम थपिनेछ ।

सानिमा बैंक

सानिमा बैंकबाट कर्जा लिनुपरेमा १६.०६ प्रतिशत ब्याज लाग्नेछ । बैंकको आधारदर ९.०२ प्रतिशत रहेको छ भने त्यसमा ७ प्रतिशत प्रिमियम थपिनेछ ।

प्रभु बैंक

प्रभु बैंक असोजमा कर्जा लिँदा १६.४२ प्रतिशतसम्म ब्याज लाग्नेछ । बैंकको आधारदर ९.४२ प्रतिशत रहेको छ । त्यसमा ७ प्रतिशत प्रिमियम थपिनेछ ।

प्राइम बैंक

प्राइम बैंकबाट कर्जा लिँदा १६.९८ प्रतिशत ब्याज लाग्नेछ । बैंकको आधारदर ९.९९ प्रतिशत रहेको छ । त्यसमा ९.९९ प्रतिशत प्रिमियम थपिनेछ ।

नबिल बैंक

नबिल बैंकबाट कर्जा लिँदा १५.७७ प्रतिशत ब्याज लाग्नेछ । बैंकको आधारदर ८.७७ प्रतिशत रहेको छ । त्यसमा अधिकतम ७ प्रतिशत प्रिमियम थपिनेछ ।

एनएमबी बैंक

एनएमबी बैंकको कर्जा लिँदा १५.९७ प्रतिशत ब्याज लाग्नेछ । बैंकको आधारदर ९.९७ प्रतिशत रहेको छ । त्यसमा ६ प्रतिशत प्रिमियम थपिनेछ ।